• ८ वैशाख २०८१, शनिबार

रत्न–महेश्वर स्मृतिग्रन्थ सार्वजनिक

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत २६ गते ।  रत्न–महेश्वर स्मृतिग्रन्थ आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । हास्यव्यङग्य लेखक कृष्णमुरारी गौतम  ‘चट्याङ मास्टर’ सहित उपस्थित अतिथिहरुले स्मृतिग्रन्थको लोकापर्ण गर्नुभयो ।  

महेश्वर र रत्न घिमिरेका बारेमा स्मृतिग्रन्थ लेखेर महेश्वर र रत्न सन्ततीहरुले आफ्ना पितृहरुप्रति देखाउनुभएको श्रद्धा, भक्ति र समर्पण उदाहरणीय रहेको चट्याङ मास्टरले बताउनुभयो । कृतिले भावीपिढीलाई अग्रजहरुप्रति गर्ने सम्मान गर्न अभिप्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

कृतिमाथि टिप्पणी गर्दै डा. रमेश शुभेच्छुले सन्तानहरु शिक्षित हुँदै गएपछि आफ्ना पुर्खाहरुको श्रद्धा र सम्मानमा स्मृति ग्रन्थहरु लेखिने भन्दै रत्नकुमारी र महेश्वरको योगदानको चर्चा गर्नुभयो । 

कृतिबाट आयोजक परिवारमा पिता, माता र पितृहरुप्रति श्रद्धा गर्ने क्षमता र गुण विद्यमान रहेको देखिने भन्दै यस किसिमको अनुकरणीय कार्यको प्रसंशा व्यक्त गर्नुभयो । कार्यक्रममा कृतिका सम्पादक गणेश घिमिरेले स्मृतिग्रन्थको औचित्यमाथि प्रकाश पार्दै कृतिभित्र समेटिएको लेख रचनाको चर्चा गर्नुभयो ।