• ६ वैशाख २०८१, बिहिबार

नाग्लीबाङ वन क्षेत्रमा भीषण आगलागी

blog

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको वन क्षेत्रमा भएकाे भीषण आगलागी । तस्बिर : ठाकुर आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत २६ गते । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको वन क्षेत्रमा भीषण आगलागी भएको छ । यो क्षेत्र म्यादी जिल्लाको सीमा क्षेत्र पनि पर्छ । आइतबार दिउँसोदेखि वन क्षेत्रमा फैलिएको आगलागीले ठूलो उग्ररुप लिएको छ । वन क्षेत्रमा फैलिएको आगलागीले मानव वस्तीमा समेत जोखिम बढाएको छ । 

कुस्मा नगरपालिका १ पाङको वन क्षेत्रबाट सुरु भएको आगलागी नाग्लीवाङको वन क्षेत्रमा आइतबार दिउँसोदेखि प्रवेश गरेको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो । 

उहाँलेआगलागीबाट नाग्लीवाङको मसुरवारी, काउले, गिठीनी, मालरानी हुँदै लक्ष्मी नारायण सामुदायिक वनमा आगलागी भएको जानकारी दिनुभयो । आगलागी वडा नम्बर ९ स्थित बनौं हुँदै ७ धाइरिङ सम्म फैलिन सक्ने जोखीम रहेको उहाँले बताउनुभयो । 

घना जंगल र भीर भएकाले आगलागी नियन्त्रणको प्रयास सफल हुन नसकेको वडाध्यक्ष जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगलागी नियन्त्रण गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मानव वस्ती नजिक भएकाले आगलागी बढ्दै गए जोखम निम्तिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।