• ८ वैशाख २०८१, शनिबार

सिटीको सानदार जित

blog

गोल गरेपछि खुसी मनाउँदै सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत २६ गते । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर पलग फुटबलमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले रेलिगेसनका दबाबमा रहेको साउथह्याम्पटनलाई ४–१ गोलले हरायो ।

सिटीको जितमा एर्लिङ ब्राउट हालान्डले दुई गोल गर्नुभयो । ज्याक ग्रेलिस र जुलियन अल्भारेजले एक एक गोल थप्नुभयो । साउथह्याम्पटनका सेकोउ माराले सान्त्वना गोल फर्काउनुभयो । 

हालान्डले ४५औँ मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभएको थियो । ५८औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । ६८औँ मिनेटमा हालान्डले ग्रेलिसको पासमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ७२औँ मिनेटमा सेकोउ माराले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । 

७५औँ मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई सजिलै जिताउनुभयो । जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्षटोली आर्सनलसँगको दुरी ६ अङ्कले घटाएको छ । सिटीको २९ खेलबाट ६७ अङ्क छ । आर्सनलको ७२ अङ्क छ ।

पराजित साउथह्याम्टन २३ अङ्कसहित तालिकाको अन्तिममा छ । अर्को खेलमा न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । न्युक्यासलको २९ खेलबाट ५६ अङ्क छ । पराजित ब्रेन्टफोर्ड ४३ अङ्कसहित नवौँ स्थानमा छ । एजेन्सी