• १६ चैत २०८०, शुक्रबार

'पृथक पाईला' र 'शान्तीदुतको अग्निपथ' लोर्कापण

blog

तस्विर : कृतिको लोकार्पण गर्दै साहित्यकारहरु ।

राधाकृष्ण डुम्रे

वालिङ, चैत २६ गते । युवाकवि युवराज सुवेदीद्वारा लिखित ‘पृथक् पाइला’ मुक्तक सङ्ग्रह र ‘शान्तिदुतको अग्निपथ’ कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइला सृजनात्मक अभियान स्याङ्जा र प्रज्ञा प्रतिष्ठान वालिङको संयुक्त आयोजनामा कृति लोकार्पण गरिएको हो । 

वालिङ ८ का साहित्यकार सुवेदीले आफ्ना कृतिहरूमा देशभक्तिपूर्ण भावनाले ओतप्रोत, प्रकृतिप्रेम, सकारात्मक सन्देश तथा लेखकले आफ्ना जीवनको अनुभव र अनुभूति सङ्ग्रहमा समावेश गर्नुभएको छ ।

कृतिको लोकार्पण पोखराका साहित्यिक पत्रकार, कवि तथा गजलकार वियोगी बुढाथोकीले गर्नुभएको हो । कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार बुढाथोकीले वालिङ भाषा र साहित्यको लागि उर्वर भूमि रहेको भन्दै पछिल्लो समय युवाहरू जागरूकताका साथ साहित्यमा लागिपरेको बताउनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेश सांसद सरस्वती तिवारीले साहित्य समाजको ऐना भएकाले समाजलाई सुसंस्कृत बनाउनका लागि साहित्यिक कलमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

पृथक् पाइला मुक्तकको साहित्यकार वसन्त खनाल र शान्तिदुतको अग्निपथ कविताको साहित्यकार शम्भु अर्यालले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान नगरप्रमुख दिलिपप्रताप खाण, सिक्किमबाट आउनुभएका कवि जीविका खतिवडा अश्रु, काठमाडौबाट आउनुभएका कवि लक्ष्मण वियोगी र तुल्सीराम पुडासैनी, पोखराबाट आउनुभएका कवि लक्ष्मण थापालगायत जिल्लाका वरिष्ठ साहित्यकारहरूको सहभागिता थियो ।  

कार्यक्रम वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासी र मिलन समिरले सहजीकरण गर्नुभएको थियो ।