उपराष्ट्रपति आज स्वदेश फर्कनुहुँदै


गोरखापत्र समाचारदाता

nanda kisor punकाठमाडौँ, असोज ८ गते । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर सोमवार स्वदेश फर्किन लाग्नुभएको छ ।
औपचारिक भ्रमणका लागि असोज ३ गते उपराष्ट्रपति पुन चीन प्रस्थान गर्नुभएको थियो । उपराष्ट्रपति पुनले चीन भ्रमणका क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोह र बेल्ट एण्ड रोड सम्बद्ध मुलुकको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुभयो ।
यसैगरी, उहाँले चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सिचुवान प्रान्त सचिव छिङहुवासँग भेटघाट गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भेटघाटमा उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds