• ८ वैशाख २०८१, शनिबार

हाम्रो सम्पदा

गुलरियाको प्रख्यात कोटही देवी मन्दिर

blog

गुलरिया, चैत २६ गते । बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ मा अवस्थित कोटही देवीको मन्दिर प्रख्यात मध्येको एक हो । यहाँ पहिला पिपलको ठुटाको फेदीमा शिला पत्र मात्र थियो। भक्तजनहरू त्यही शिला पत्रलाई कोटही देवी मानी पूजा अर्चना गर्दथे।

वि.सं. २०४४ सालमा काठमाडाैँमा कोटही देवीको मूर्ति बनाई यहाँ धार्मिक विधिअनुसार स्थापना गरिएको थियो। यो कोटही देवीको मूर्ति कालो प्रस्तरको निकै नै आकर्षक र कलात्मक शैलीको रहेको छ। मन्दिर परिसर निकै फराकिलो रहेकोले यस क्षेत्रमा विवाह मण्डप, पुजारी बस्ने घर लगायत विभिन्न भगवानका अन्य साना मन्दिरहरू पनि रहेका छन्।

यस कोटही मन्दिरमा हिन्दुहरूको पर्व विजय दशमीको नवरात्रीमा विशेष पूजा हुने गर्दछ र भक्तजनहरूको भिड लाग्दछ। साथै चैते दशैको अष्टमी र नवमीमा पनि विशेष पूजा हुने गर्दछ। यस बेला मधेसी समुदायका भक्तजनहरूको नरिवलको जटा लिएर यस देवीलाई चढाउने गर्दछन्। यस दिन पनि यहाँ भक्तजनहरूको निकै भिड रहने गर्दछ। यस मन्दिरमा पशुवली दिने प्रथा समेत रहेको छ।