• ७ वैशाख २०८१, शुक्रबार

विकास र समृद्धिको एजेन्डाबाट भाग्ने छुट गठबन्धनलाई छैन–शर्मा

blog

पविता पौडेल 

सैनामैना, चैत्र २६ गते । पूर्व अर्थ मन्त्री जनार्दन शर्माले अहिलेको  नयाँ वर्ष चुनौती पूर्ण वर्ष रहेको बताउनुहुँदै विकास र समृद्धिको एजेन्डा पूरा नगरी भाग्ने छुट हामीलाई छैन’ उहाँले भन्नु भयो । प्रेस सेन्टर नेपाल रुपन्देहीले शनिवार साँझ बुटवलमा शर्माले उक्त कुरा बताउनु भएको हो। 

उहाँले नागरिकमा विकास र समृद्धिको चाहना पूरा नभएकै कारण नेताहरूप्रति प्रश्नहरू आइरहेको बताउँदै नयाँ वर्ष २०८० लाई चुनौती र अवसरका रूपमा वर्तमान सरकार र दलहरूले लिनुपर्ने बताउनु भयो । नेकपा माओवादी केन्द्रका उपमहासचिव  शर्माले वर्तमान सरकार सामु संविधान कार्यान्वयन गरेर जनताको आकाङ्क्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताउनु भएको छ ।

उहाँले  सबै राजनीतिक दलहरूबिच मुद्दामा सहमति गरेर संविधानको मर्म र भावना अनुसार अगाडि बढ्नुपर्ने पक्षमा जोड दिनुभयो । उहाँले संविधान रक्षाकै लागि वर्तमान गठबन्धन बनेको बताउँदै सरकारले नागरिकको अपेक्षा अनुसार संविधान कार्यान्वयन गर्नुपर्ने  बताउनुभयो  ।

सरकारले न्यूनतम साझा कार्यक्रममा समेत नागरिकको अपेक्षा अनुसार विकास र समृद्धिको मुद्दालाई कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । अहिले मुलुकमा देखिएको आर्थिक सङ्कटसँग जुध्न उत्पादनलाई जोड्दिनु मुख्य रहेको समेत आवश्यक रहेको उहाँले बताउनुभयो  ।