• १३ वैशाख २०८१, बिहिबार

उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा

blog

उपराष्ट्रपति रामसहाय यादव शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा । तस्बिरः अजयकुमार साह/रासस

जनकपुरधाम, चैत २५ गते । उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा शनिबार विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्तरुपमा जानकारी गराउनुभएको थियो ।

उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आउनुभएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गर्नुभएको हो । सो अवसरमा प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिताकुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल अन्य सुरक्षा निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो ।रासस