• १२ वैशाख २०८१, बुधबार

कर्मचारी संघमा ४१ सदस्यीय कार्य समिति चयन

blog

निर्विरोध चयन पदाधिकारीहरू ।

गोरखापत्र समाचारदाता

काठमाडौं, चैत २५ गते । नेपाल सार्वजनिक सेवा कर्मचारी संघमा ४१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको संघको सातौँ महाधिवेशनले पदाधिकारीसहित सबै पदमा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । 

संघको अध्यक्षमा नेपाल टेलिकमका राजेन्द्रप्रसाद दाहाल, वरिष्ठ उपाध्यक्षमा नेपाल विद्युत प्राधिकरणाी प्रमिला ढुंगाना निर्वाचित हुनुभएको छ । प्रत्यक्ष निर्वाचित उपाध्यक्षहरुमा हेम दत्त देवकोटा, फणिन्द्र पौडेल, प्रकाशचन्द्र भट्ट चयन हुनुभएको छ । 

त्यस्तै, महिला उपाध्यक्षमा गंगा भण्डारी ऐर, जनजाती उपाध्यक्षमा प्रताप लामा, मधेशी उपाध्यक्षमा उत्ताउल्साह अन्सारी, दलित उपाध्यक्षमा शंकर विक निर्वाचित हुनुभएको छ । 

त्यस्तै, महासचिवमा रमेशप्रसाद जाशी चयन हुनु भएको छ । उपमहासचिव खुलामा निरजराज जोशी, नरबहादुर कुँवर, माया ढकाल नेपाल र गोरखापत्र संस्थानका धर्मराज न्यौपाने चयन हुनुभएको छ । उपमहासचिव महिलामा कमला न्यौपाने, कोषध्यक्ष पुण्यप्रसाद बख्रेल, सहकोषाध्यक्षमा बविता उपाध्याय र युवा संयोजकमा प्रविणकुमार चौधरी चयन हुनुभएको छ । समितका १५ सदस्यमा गोरखापत्र संस्थानका तुलसीप्रसाद पोखरेललगायतका सदस्यहरु निर्विरोध चयन हुनुभएको छ। त्यस्तै, महाधिवेशनले पाँच महिला सदस्यहरु पनि निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक गजेन्द्र प्रसाद तिमिलाले जानकारी दिनुभयो । 

निर्वाचित पदाधिकारीमध्ये अध्यक्षले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । संघमा विभिन्न २४ वटा सार्वजनिक सेवाका संस्थाहरु आवद्ध रहेका छन् । संघमा करिब १ लाख ५० हजार सदस्य रहेको नाएको छ ।