• १६ चैत २०८०, शुक्रबार

एभर्टनमाथि युनाइटेडको जित

blog

गोल गरेपछि खुसी मनाउँदै युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत २५ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ । शनिबार साँझ भएको खेलमा युनाइटेडले एभर्टनलाई २–० गोलले हरायो ।

युनाइटेडको जितमा स्कट म्याकटोमिने र एन्थोनी मार्सियलले गोल गर्नुभयो । पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको युनाइटेडका लागि स्कटले ३६औं र मार्सियलले ७१ओं मिनेटमा गोल गर्नुभएको थियो ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको युनाइटेडले २९ खेलबाट ५६ अंक बनाएको छ । पराजित एभर्टन २७ अंकसहित १६औं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ७२ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६४ अंक छ । एजेन्सी