• ७ वैशाख २०८१, शुक्रबार

फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लाग्दैनः ओली

blog

शीर्ष तीन दलका नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेकपा (एमाले) अध्यक्ष केपी ओली । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत २५ गते।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पार्नुभएको छ।

शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले छलफलमा संसदलाई गतिशील बनाउने कुरामा छलफल भएको बताउनुभयो।उहाँले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सदनका काम कारबाहीको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ।समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ।दुई तीन दिनभित्र अर्को बैठक बस्छ ।’

अध्यक्ष ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानैपर्ने बताउनुभयो ।