• ७ वैशाख २०८१, शुक्रबार

भारतीय सुरक्षा वलद्वारा नेपाली लुटिए

blog

प्रेमराज सिम्खडा 

कालीकोट, चैत २५ गते । भारतवाट मजदुरी गरेर नेपाल आउदै गरेका नेपाली सिमा सुरक्षावल (एसएसपी) बाट लुटिएका छन् । नेपाल र भारतको सिमा वनवासा गड्डाचौकीमा नेपाली मजदुर भारतीय सुरक्षा वलबाट लुटिएका हुन् । 

भारतको नैनितालवाट मजदुरी गरेर घर आउदै गरेका कालीकोट रास्कोट घर भएका सात जना नागरिक सिमा क्षेत्रमा सुरक्षाक्रर्मीवाटै लुटिएको परिवारका सदस्यले बताएका छन् । 

भारतीय सुरक्षा बलले भारतवाट मजदुरी गरेर ल्याएको नगद दुई लाख लुटेको उनिहरुले दाबी गरेका छन् । रास्कोट नगरपालिका वडा नं ७ का एलिन टमटाको सातमा रहेको दुई लाख नगद एसएसपीले जफत गरेको छ ।

रास्कोट नगरपालिका वडा नं ८ का मनविरे लुवार, लक्ष्मी वराल, भिमप्रसाद बराल, एलिन टमटा लगाएत सात जना मजदुरको एकमुष्ट रकम दुईलाख एलिनमा थियो । 

एलिनलाई खानतलासी गर्दा दुई लाख भेटिएपछि एसएसपीले चोरीको रकम हुन सक्ने भन्दै जफत गरेको र एलिनलाई लामो समयसम्म यातना दिएको बताईएको छ । रास्कोट ८ का वासुदेव बरालका अनुसार उनिहरु एसएसपीको नियन्त्रणमा रहेको र दुई लाख रकम अझै फिर्ता नदिएको आफुले जानकारी पाएको बताउनुभयो । 

सुरक्षाबलवाटै लुटिएपछि नेपालीले आफुले काम गरेका ठेकेदारलाई सम्पर्क गरेका थिए । नैनिताल बाट ठेकेदार आएर उनिहरु कुनै लुटेरा नभएको र आफ्ना कामदार भएको भनेर एसएसपीलाई जानकारी दिएपछि रुपियाँ फिर्ता दिने सहमती भएपनि अझै रुपियाँ फिर्ता नपाएर महेन्द्रनगरमै बस्नु परेको बताएका छन् । 

दिनकै आफ्नो पैसा फिर्ता माग्न जान्छौं । तर एसएसपीले फिर्ता नदिएका कारण महेन्द्रनगरको एक होटलमा बस्नु परेको मजदुरको भनाई छ ।