• १२ वैशाख २०८१, बुधबार

मैथिली साहित्य परिषदको अधिवेशन सुरु

blog

साधारण सभामा उपस्थिति अतिथि। तस्बिरः ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) चैत २५ गते। मैथिली साहित्य परिषद् सप्तरीको १७ औं साधारण सभा तथा अधिवेशन शनिबार राजविराजमा सुरु भएको छ। 

परिषद्को अध्यक्ष सत्तिष दत्तको अध्यक्षता र जनकपुर-जयनगर रेल्वेको महाप्रबन्धक निरन्जन झाको प्रमुख आतिथ्यतामा सुरु भएको साधारण सभामा मैथिली अभियानले पछिल्ला समय मैथिली भाषामाथि प्रहार भएको टिप्पणी गरेका छन्। 

राष्ट्रिकरणको नाममा मैथिलीप्रति विभिन्न षड्यन्त्र भइरहेकाले छ। मधेश प्रदेशमा मैथिली भाषामाथि व्यापक राजनीतिक प्रहार भएको परिषद्का पूर्व अध्यक्ष विष्णु मण्डल , देवेन्द्र मिश्र मैथिली अभियन्ता करुणा झा, संचारकर्मी अवधेशकुमार झालगायत कार्यक्रमका वक्ताले धारणा राख्नुभयो। 

मैथिली भाषाको संरक्षण प्रवर्द्धनमा चुनौती थपिएको निष्कर्ष निकालेका थिए। साल २०२६ मै स्थापना भएर मैथिली भाषा , संस्कृत जर्गेनाको क्षेत्रमा आधा शताब्दी लामो समयदेखि काम गर्दै आएको परिषदमा अहिलेसम्म १६ वटा कार्यसमितिले नेतृत्व गरिसकेका छन्। 

साधारण सभाबाटै हुने अधिवेशनले परिषदले नयाँ कार्यसमिति पाउने परिषदका सचिव अजय झाले जानकारी दिनुभयो।