• १६ चैत २०८०, शुक्रबार

जब उपप्रधानमन्त्री खड्काले माटोलाई ढोग्नुभयो

blog

सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोग्नुहुँदै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का ।

सुर्खेत, चैत २५ गते । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आउनुभएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोग्नु भएको छ । गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री खड्का शनिबार सुर्खेत पुग्नु भएको हो । उपप्रधान एवम् रक्षामन्त्री भएपछि खड्का पहिलो पटक गृह जिल्ला पुग्नु भएको हो ।

खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयको ठूलो घुइँचो थियो । सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरू आफूबाट नहुने बताउनुभयो ।

खड्काले भन्नुभयो, ‘‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्‍यो भन्ने जस प्राप्त गर्न सकूँ ।’’त्यहीँ ताकत, आर्सीवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको उहाँले प्रष्ट पार्नु भयो ।