• १६ चैत २०८०, शुक्रबार

कालीकोटमा आँखा परीक्षण गराउनेको भीड

blog

निःशुल्क आँखाको शल्याक्रियाका लागि प्रतिक्षामा बसेका सेवाग्राही । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, चैत २५ गते ।
कालीकोटको सदरमुकाम मान्ममा आँखा परीक्षण गराउनेको भीड लागेको छ । नेपाल नेत्रज्योती संघ हिमालय आँखा अस्पताल पोखराको सहयोग तथा आयोजनामा तीनसम्म सञ्चालन हुने निःशुल्क मोतियाविन्दु शल्याक्रिया शिविरमा आँखा परीक्षण गराउनेको भीड लागेको हो ।

शिविरको पहिलो दिन आज (शनिबार) दुई सयभन्दा बढीले आँखा परीक्षणका लागि नाम दर्ता गराएका छन् । नेपाल नेत्रज्योती संघ जिल्ला आँखा उपचार केन्द्र कालीकोटमा सञ्चालन भइरहेको शिविरमा ६० वर्ष माथिका वृद्धावृद्धहरुको भीड धेरै रहेको छ । केन्द्रका डबल अधिकारीले मानवीय चाँप धेरै हुने भएकाले तीन दिनको समय राखेको बताउनुभयो ।

उहाँले प्रत्येक वर्ष यसरी हिमालय आँखा अस्पताल पोखराले दुर्गमका बिरामीको परीक्षण गर्दै आइसकेको जानकारी लिनुभयो । शिविरमा मोतियाविन्दुको अप्रेसन समेत गरिँदै आएको छ । आँखाको नानीको शल्याक्रिया उपचारसँगै कानको समस्या पनि समाधान गरिने छ ।

हिमालय आँखा अस्पताल पोखरासँगै यो शिविरका लागि नेपाल नेत्रज्योती संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशले पनि सहयोग गरेको छ । उपचारका लागि खाँडाचक्र नगरपालिका भित्रका विभिन्न वडाका वृद्धवृद्धाका साथै आँखाको समस्या भएका अन्य उमेरका नागरिकको समेत सहभागिता रहेको छ । 

शिविर चैत २७ गतेसम्म सञ्चालन हुने शिविरमा मोतियाविन्दुको अप्रेसनका साथै आँखाको जाली निकाल्ने लगाएतका उपचार यहाँ हुने छ । साथै जटिल शल्याक्रियाका लागि हिमालय आँखा अस्पताल पोखरामा उपचारका लागि सिफारिस समेत हुने छन् ।