• १५ चैत २०८०, बिहिबार

मृत फेला परेका दिदीबहिनीको शव पोष्टमार्टम गरिँदै

blog

जयमान बुढा मगर
रुकुमपूर्व, चैत २५ गते । 
मृत अवस्थामा भेटिएका रुकुमपूर्वक पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्माका दुई दिदीबहिनीको शव पोष्टमार्टम गरिँदै छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठका अनुसार आज (शनिबार) पोष्टमार्टम हुन लागेको हो ।

दुई दिदी बहिनीको शव शुक्रबार जिल्ला अस्पताल रुकुमकोट ल्याइएको र आज पोष्टमार्टम हुन लागेको उहाँको भनाइ छ ।

डीएसपी श्रेष्ठले तालमिप्राप्त कुकरसहितको प्रहरी टोलीले घटनास्थलको छानबिन गरेको जानकारी दिनुभयो । साथै घटनाबारे थप अनुसन्धान भइरहेको र अहिले केही भन्न नमिल्ने उहाँको भनाइ छ ।

घरबाट सिस्नो टोप्ने भनी चैत २२ गते दिउँसो घरबाट निस्किएका रन्माका तारामान बुढामगरका दुई छोरी ११ वर्षीया रीना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर २३ गते रन्मा गाउँ नजिककोभीरमा मृत अवस्थामा फेला परेका थिए ।

उनीहरूको हत्या गरेर भीरमा फालिएको आशङ्का गरिएको छ । उनीहरूले लगाएका गरगहना लुटिएकाले लुटपाटका लागि हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । अनुसन्धानका लागि केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।