• १३ वैशाख २०८१, बिहिबार

सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक युवक पक्राउ

blog

काठमाडौं, चैत २४ गते। नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

स्याङ्जा वालिङ नगरपालिका १० घर भएर पोखरा महानगरपालिका १६ बाटुलेचौर डेरामा बस्ने २१ वर्षीय सागर ढकाललाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

ढकालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो।