• १३ वैशाख २०८१, बिहिबार

किशोर नेपाललाई 'आदर्श पत्रकारिता पुरस्कार'

blog

वरिष्ठ पत्रकार किशोर नेपाल ।

काठमाडौं, चैत २३ गते । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले एक लाख एक हजार १११ रुपियाँ राशीको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले आगामी शनिबार हुने शाखाको २३ औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

उहाँ पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । महासंघ काठमाडौं शाखाका सचिव महेश्वर गौतमले काठमाडौ शाखाको शंखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको र बिहीबारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै, पुरस्कार आगामी शनिबार हुने शाखाको २३ औं साधारणसभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको हातबाट प्रदान गरिनेछ ।