स्त्रीरोगमा ल्याप्रोस्कोपी शल्यक्रिया

jageshor gautamप्रा.डा. जागेश्वर गौतम

 

स्त्रीरोगमा ‘ल्याप्रोस्कोपी सर्जरी’ दुर्बिनको सहायताले गरिन्छ । मेडिकल साइन्समा ल्याप्रोस्कोपी सल्यक्रिया पहिलो पटक प्रयोग गर्ने स्त्रीरोग विशेषज्ञहरू हुन् । उनीहरूले यो विधि पत्ता लगाएका हुन् । यो प्रविधिलाई जनरल सर्जनहरूले प्रयोग गरे । उनीहरूले पित्तथैली, एपेन्डिक्सजस्ता शल्यक्रियामा प्वाल पारेर दुर्बिनको सहायताले ल्याप्रोस्कोपी विधिबाट सर्जरी गर्नथाले ।
नेपालमा २०÷२५ वर्षदेखि ल्याप्रोस्कोपी विधिबाट ल्याप्रोस्कोपी सर्जरी भइरहेको छ । स्त्री तथा प्रसूति रोगमा यो विधि अलि कम प्रयोग हुँदैआएको छ । नेपालमा ल्याप्रास्कोपी विधिबाट परिवार नियोजन अत्यधिक भएको थियो । डा. कान्ति गिरीले यो विधि नेपालमा सुरु गर्नुभएको हो । नाइटोमा एउटा प्वाल पारेर दुर्विनको सहायताले परिवार नियोजन गर्ने गरिन्थ्यो । नेपालमा परिवार नियोजनको लागि यो विधि प्रयोग भएको सन् १९७५ तिर हो ।
ल्याप्रोस्कोपी विधिबाट अन्य शल्यक्रियाहरू भएको थिएन । निःसन्तान दम्पतिको उपचारको विधिमा ल्याप्रोस्कोपी पनि एक महìवपूर्ण पाटो हो । डिम्बबाहिनी नली
(फ्यालोपिन्ट) खुला छ कि छैन, डिम्बाशय ठिक छ कि छैन, भित्र कुनै पनि भागमा नलीहरू जोडिएको, टाँसिएको छ कि छैन भनेर हेर्नको लागि यो विधि प्रयोग भयो । पाठेघर निकाल्नलाई धेरै ठाँउमा बाँध्नुपर्ने हुनाले यो विधि धेरै प्रचलनमा आउन सकेन । पाठेघर धेरै ठाँउतिर जोडिएको हुन्छ । त्यसमा राउण्ड लिगामेन्ट भन्ने हुन्छ । त्यसमा डिम्ब बाहिनी नली हुन्छन् । त्यसको साइडमा डिम्बाशय हुन्छ । पाठेघरको साइडमा कार्डिनल लिगामेन्ट भन्ने मांशपेशी हुन्छ । यी सबै ठाँउमा बाँध्दै, काट्दै गर्नुपर्ने हुन्छ । पहिला पाठेघर निकाल्नलाई धागोले बाँध्नुपर्ने हुन्थ्यो । पछि भेसनसिलिङ डिभाइसहरू आयो, अब चाँहि भित्र बाँध्नु पर्दैन । पाठेघरलाई वा डिम्बाशयलाई रगत पूर्ति गर्ने जुन धमनीहरू हुन्छ, त्यो धमनीलाई पनि च्यापेर बन्द गर्दियो भने बाँध्नुपर्दैन । अहिले त्यस्तो खालको नयाँ मेसिनहरू आयो । इन्सिल, हार्मोनिट, लिगासियोर, थन्डरविद्जस्ता नयाँनयाँ विधिहरू आएका छन् ।
यी विधिअन्तर्गत ल्याप्रोस्कोपी गर्दा पहिले पेटमा प्वाल पारिन्छ । त्यसमार्पmत दुर्बिनले भित्र हेरेर, हेर्ने यन्त्रकै ठाँउबाट कार्बोनडाइअक्साइड ग्यास पठाइन्छ । जसले पेटलाई फुलाइदिन्छ । पेट फुलिसकेपछि सबै अंगहरू दुर्बिनले हेर्न सकिन्छ । सामान पठाउनको लागि पेटभित्र चोट नलाग्ने गरी अरु पनि प्वालहरू पारिन्छ । त्यसलाई टेलिभिजनको स्क्रिनमा हेरेर शल्यक्रिया गर्ने हो । जस्तो पेटमा अप्रेशन गर्नुप¥यो भने पेटमा हेरेर नभई टेलिभिजनको स्क्रिनमा हेरेर गर्ने हो । त्यस विधिबाट डिम्बाशय तथा पाठेघर निकाल्न सकिन्छ । डिम्बबाहिनी नली काटेको छ भने जोड्न सकिन्छ । परिवार नियोजन फर्काउन पनि सकिन्छ । पाठेघर खसेको छ भने माथि लगेर टाँस्न सकिन्छ । आजभोलि पाठेघरको अप्रेशन पेट चिरेर गरिँदैन । यो सुविधा प्रसूतिगृहमा दुईवर्ष अघिदेखि सुरु भएको हो ।
निजी अस्पतालमा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्दा ५० हजारदेखि एकलाख रुपियासम्म लिने गरेका छन् । प्रसूतिगृहमा भने पाँचदेखि १० हजारमा गरिन्छ ।
ल्याप्रोस्कोपी सर्जरीका फाइदा
अप्रेशन गरेको ४८ घण्टामा बिरामीलाई डिस्चार्ज गरिन्छ । यसरी परिवार नियोजन गरिएको मान्छे पाँच, छ दिनपछि नियमित काममा जान सक्छ । अर्को फाइदा भनेको पेटमा घाउ हुँदैन । सानो प्वाल पारिएको हुन्छ । ठूलो वा लामो घाउ हुँदैन । घाउको खत पनि हुँदैन ।
अप्रेशन गरिसकेपछि पेटभित्र एडेजन हुन्छ । बोसे आन्द्रा, अरु अंगहरू जोडिने, टाँसिने समस्या हुन्छ । ल्याप्रोस्कोपी विधिबाट अप्रेशन गर्दा त्यो कम हुन्छ । अर्को महìवपूर्ण कुरा ठूलो घाउ नबनाइकन ठूल्ठूला काम गर्न सकिन्छ जस्तो फ्यालोपिन्ट ट्युब बन्द छ कि खुला छ भनेर हेर्न दुर्बिनको सहायताले प्वाल पारेर हेर्न सकिन्छ । पेट चिरेर हेर्न गाह्रो विषय हो । यो विधिबाट शल्यक्रिया गर्दा ब्लिडिङ पनि कम हुन्छ । जसले गर्दा रगतको जरुरी पर्दैन । घाउ सानो भएको हुनाले एन्टिबायोटिकको प्रयोग पनि कम मात्रामा हुने गर्दछ ।
ल्याप्रोस्कोपी विधिबाट अप्रेशन गर्न डाक्टरलाई छुट्टै तालिमको आवश्यकता पर्दछ । किनकि ओपन सर्जरी गर्ने डाक्टरले ल्याप्रोस्कोपी गर्न सक्दैन । ल्याप्रोस्कोपी अप्रेशनका लागि छुट्टै तालिम चाहिन्छ । भेसनसिलिङ डिभाइसहरू, ब्लिडिङ कन्ट्रोल गर्ने डिभाइसहरू नयाँ नयाँ भएकोले थप अध्ययनको पनि जरुरी पर्दछ । यसका लागि अलि मेहनत पनि चाहिन्छ । ल्याप्रोस्कोपी गर्ने चिकित्सकको स्टेमिना पनि चाहिन्छ । कुनै अप्रेशन गर्दा पाँच, छ घण्टासम्म समय दिनुपर्ने पनि हुनसक्छ । पाँच, छ घण्टासम्म निरन्तर अप्रेशन गरिराख्नसक्ने खुबी र जाँगर पनि चाहिन्छ । हतार गर्दा इन्जुरी हुनसक्ने सम्भावना त्यत्तिकै मात्रामा हुन्छ । ल्याप्रोस्कोपी विधिबाट अप्रेशन गर्दा बिरामीको स्वास्थ्यमा धेरै असर पर्दैन । घाउ ठूलो हुँदैन । दुःखाइ कम हुन्छ ।
प्रसूति सम्बन्धी अप्रेशनमा बच्चा निकाल्ने भन्दा बाहेकका अरु सम्र्पूण अप्रेशन ल्याप्रोस्कोपी विधिद्वारा गरिन्छ । जति पनि पाठेघरको अप्रेशन गरिन्छ यही विधिबाट गर्दा उपयुक्त हुन्छ । पाठेघर निकाल्ने, पाठेघर भित्रको ट्युमर निकाल्ने, डिम्बाशयको मासु निकाल्ने, फेलापेन्ट ट्युबहरू जोड्ने, परिवार नियोजन गर्ने, पाठेघर खसेकोमा स्याक्रोकल्कोपेक्सी गर्ने, हिस्टोरोपेक्सी गर्ने लगायतका सबै अप्रेशनहरू ल्याप्रोस्कोपी सर्जरी विधिद्वारा गर्न सकिन्छ ।
देशव्यापी सर्वसुलभ बनाउ
ल्याप्रोस्कोपी अप्रेशनलाई देशव्यापी रूपमा सर्वसुलभ बनाउनुपर्छ । यो समयको माग पनि हो । मानिसलाई पेट नचिरी ट्युमरहरू निकाल्ने, पाठेघर निकाल्ने, डिम्बाशय निकाल्नेजस्ता विधिहरू नेपालमा स्थापित गराउनैपर्छ । त्यसको लागि दुईतीनवटा काम गरे पुग्छ । जहाँ स्त्रीरोग सम्बन्धी शल्यक्रिया हुन्छन्, त्यो ठाँउमा नेपाल सरकारले सामानहरू उपलब्ध गराइदिनुपर्छ । जिल्ला अस्पतालसम्म यो विधिको पहँुचलाई बढाउनुपर्छ । चिकित्सकहरूलाई तालिम पनि दिनुपर्छ । गाइनोकोलोजिस्टमा एमडि गर्दैखेरि यो तालिम पनि दिइनुपर्छ । स्त्रीरोगमा ल्याप्रोस्कोपीको बारेमा बिरामीहरूलाई पनि सुसूचित गर्नुपर्दछ । पेट मात्र चिरेर, काटेर अप्रेशन गर्ने होइन भन्ने जागरुकता बिरामीलाई पनि हुनु जरुरी छ । ल्याप्रोस्कोपी गरेर उपचार सम्भव नभए मात्र शल्यक्रिया गरिनुपर्छ । यसलाई स्वास्थ्य मन्त्रालयले पनि सुसूचित गर्नुपर्दछ ।
(लेखक, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीका निर्देशक हुनुहुन्छ । गोरखापत्रकर्मी सरोज ढुंगेलसँगको कुराकानीमा यो लेख तयार पारिएको हो । )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना