• ७ वैशाख २०८१, शुक्रबार

ह्वीलचेयर बास्केटबलमा आर्मीको विजयी सुरुवात

blog

ह्वीलचेयर बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, चैत २२ गते । इन्टरभ्याली ह्वीलचेयर बास्केटबल प्रतियोगितामा आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनको आयोजनामा बुधबारदेखि राखेप कभर्डहलमा सुरु भएको प्रतियोगितामा आर्मीले जावलाखेल ह्वीलचेयर स्पोर्टस् क्लबलाई २६-२१ अंकले हरायो ।

अर्को खेलमा आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरीले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १६-१३ अंकले हरायो । अर्को खेलमा बुद्धिसरा इन एक्सनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १७-१२ ले पछि पारेको छ । 

महिलातर्फ ओमेन ह्वीलचियर बास्केटबल एसोसिएसनले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरीलाई १६-१० अंक र ह्वीलचियर स्पोर्टस् एसोसिएसनले नेपालले बुद्धिसरा इन एक्सनलाई ६-२ अंकले हरायो । दुई दिने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ चार टोलीको सहभागिता रहेको छ ।