• ६ वैशाख २०८१, बिहिबार

रौतहटमा एक नक्कली परीक्षार्थी पक्राउ

blog

सञ्जय कुमार मिश्र 

गौर, चैत २२ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बुधबार नेमधारी वासुदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

राजदेवी नगरपालिकाको मुडबलवास्थित उक्त परीक्षा केन्द्रमा अरूको परीक्षा दिइरहेका ईशनाथ नगरपालिका वडा नम्बर १ बन्जरहाका विष्णुबहादुर मालीलाई पक्राउ गरिएको हो  ।

परीक्षा अनुगमन समितिले नेमधारी वासुदेव माध्यमिक विद्यालय मुडवलवामा सिम्बोल नम्बर ०२५००२५७ जी नुरेंन खानको सट्टामा मालीले परीक्षा दिइरहेको अवस्थामा परीक्षा अनुगमन समितिले समातेर प्रहरीको जिम्मा लगाएको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रौतहटले जनाएको छ ।

परीक्षार्थीको सो विषयको परीक्षा रद्द गरी मालीलाई आवश्यक कारबाही प्रहरीले अघि बढाएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामविनोद सिंहले जानकारी दिनुभयो ।