• १६ चैत २०८०, शुक्रबार

विद्युत महसुल नतिर्ने ५३३ ग्राहकको लाइन काटियो

blog

स्याङ्जा प्राधिकरण स्याङ्जा, शाखा ।

अर्जुन काफ्ले

स्याङ्जा, चैत २२ गते । समयमै विद्युत महसुल नबुझाउने ५३३ ग्राहकको नेपाल विद्युत प्राधिकरण स्याङ्जाले लाइन कटान गरेको छ । 

११ पालिका रहेको स्याङ्जा प्राधिकरण स्याङ्जा शाखाले गत साउन १ गतेबाट अभियान अगाडि बढाएर कारबाही गरेको हो । विद्युत प्राधिकरण महसुल सङ्कलन विनियमावली २०७८ अनुसार लाइन कटान गरिएको हो । 

विद्युत बालेर ६० दिन सम्म महसुल नबुझाउने ग्राहकको विना सूचना लाइन काट्न मिल्ने महसुल सङ्कलन विनियमावली भित्र रहेर लाइन कटान गरिएको कार्यालय प्रमुख प्रताप बरालले बताउनुभयो । 

महसुल नबुझाउने धेरै साना ग्राहक रहेको बताउँदै बरालले लाइन कटान पश्चात् ४८९ ग्राहकले ४० लाख ३३ हजार ४७२ रुपियाँ ९६ महसुल बुझाएर पुनः लाइन जडान गरेका छन् । लाइन कटान गरेका ४४ जनाले जडान नगरेका हुन् । 

प्राधिकरणको स्याङ्जामा २४ हजार र मिर्मीमा सात हजार ३७८ गरी ३१ हजार ३७८ ग्राहक रहेका छन् । यहाँ ग्राहकबाट दुई करोड ६२ लाख ३६२ रुपियाँ ५४ पैसा महसुल बक्यौता रहेको प्रमुख बरालले बताउनुभयो