एकै घरका तीनसहित चार जनाको मृत्यु

सिन्धुपाल्चोक, वैशाख १४ गते । गत शनिबार गएको विनासकारी भूकम्पमा परी एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ रातमाटेडाँडास्थित राससकर्मी खिलप्रसाद दाहालको घर भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

सोही घरमा बस्दै आएका ३२ वर्षीया मैया दाहाल, उनका नौ वर्षीय छोरा नारायण दाहाल र सात वर्षीया छोरी निसासहित छिमेकी भीमप्रसाद दुलालको छोरी सात वर्षीया अनुसा दुलालको मृत्यु भएको छ ।

गम्भीर घाइते पोषप्रसाद दाहाललाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँस्थित छाउनी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना