• ४ वैशाख २०८१, मङ्गलबार

एक शिक्षक, एक ल्यापटप

blog

तौलिहवा समाचारदाता

तौलिहवा, चैत २२ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एक शिक्षक, एक ल्यापटप कार्यक्रमअन्तर्गत शिक्षकलाई ल्यापटप वितरण गरेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले सो ल्यापटप वितरण गरेको हो। ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत शिक्षकको लागतमा सो कार्यक्रम गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलबहादुर राउत क्षेत्रीले जानकारी दिनुभयो। 

उहाँका अनुसार ३९ जना शिक्षकमध्ये ३२ जना शिक्षकलाई ल्यापटप वितरण गरिसकिएको छ। कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।