• ७ वैशाख २०८१, शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन

blog

काठमाडौं,चैत २१ गते। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ। 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलन यही चैत २८ र २९ गते काठमाडौँमा हुनेछ। 

सम्मेलनमा नेपालबाट पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र वैज्ञानिक तथा विभिन्न १० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ। सदस्य सचिव डा ज्ञवालीले एक सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छन्। यस्तै एक सय ३७ मौखिक प्रस्तुति तथा ६४ पोष्टर प्रस्तुति समेत सम्मेलनमा रहनेछ। 

यस्तै स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, लाइफ टाइम एचिभमेन्ट पुरस्कार प्रदान गरिने छ। रासस