• १५ चैत २०८०, बिहिबार

ताप्लेजुङमा औद्योगिक पर्यटन मेला सुरु

blog

महोत्सवको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री प्रतापप्रकाश हाङ्गाम। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २१ गते। ताप्लेजुङमा मङ्गलबारदेखि दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव २०७९ सुरु भएको छ। उद्यम व्यवसाय तथा घरेलु उत्पादनको प्रवद्र्धन गरी पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यसहित पाँच दिने औद्योगिक मेला सुरु भएको हो। 

जिल्लास्थित नेपाल घरेलु तथा साना उद्योग महासङ्घको मुख्य आयोजनामा सदरमुकाम फुङ्लिङमा मेला तथा महोत्सव सुरु भएको हो। महोत्सवको तत्कालीन प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले उद्घाटन गर्नुभएको छ। महोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री हाङ्गामले घरेलुको प्रवद्र्धनसँगै बजारीकरणमा टेवा पुग्ने बताउनुभयो। घरेलु उत्पादनको प्रवर्द्धधन र बजार व्यवस्थाले संलग्न उद्यमी व्यवसायीलाई राहत पुग्ने उहाँको भनाइ थियो।

मेलामा प्रदेशभरका जिल्लाबाट उत्कृष्ट घरेलु उत्पादनका सामग्रीका साथै उद्यमीले आफ्नो उत्पादन ल्याएर प्रदर्शनीमा राखेको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो। यस्तै घरेलु उद्योगको प्रवद्र्धन, मौलिक तथा सांस्कृतिक परम्परा र खानपान, उत्पादनको बजारीकरण गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा राखिएको अध्यक्ष भारतीले बताउनुभयो। 

घरेलु उत्पादनको प्रदर्शनीसँगै अन्तर्राष्ट्रिय कञ्चनजङ्घा फोटो प्रदर्शनले जिल्लामा अवस्थित कञ्चनजङ्घाको प्रचारप्रसारमा टेवा पुग्ने विश्वाससमेत राखिएको महासङ्घका सचिव हर्कराज गुरुङले बताउनुभयो। पाँच दिनसम्म सञ्चालन हुने मेला तथा महोत्सवमा केन्द्रीय उत्पादन झल्काउने विभिन्न पाँच प्रकृतिका उत्पादन र प्रदेशका १४ वटै जिल्लाबाट आ–आफ्नो विशेषताअनुसारको कम्तिमा एक–एक वटा उत्पादनको राखिएको उहाँले जानकारी दिनुभयो। 

यता परम्परागत पेशा व्यवसायको प्रत्यक्ष अवलोकन, मौलिक खाद्य महोत्सव, ताप्लेजुङका पर्यटकीय गन्तव्यको जानकारी, कृषि, पशु, वन तथा जडीबुटीजन्य उत्पादनको प्रदर्शनी राखिएका छन् । त्यस्तै पर्यटन प्रवद्र्धनमा केन्द्रित रहेर विविध साहित्यिक, साँस्कृतिक, खेलकुद गतिविधिसमेत हुने आयोजनकले जनाएको छ।