• ५ वैशाख २०८१, बुधबार

शितलामा कार्यशाला गोष्ठी

blog

प्रशिक्षणमा सहभागी प्रशिक्षक र शिक्षक ।

काठमाडौं, चैत २१ गते। काठमाडौं महानगरपालिका–१६ , बालाजुको शितला माध्यमिक विद्यालयले कार्यशाला गोष्ठी आयोजना गरेको छ। 

कार्यशाला गोष्ठीमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ र विश्व देवकोटाले प्रशिक्षण दिनुभएको छ। प्रशिक्षकद्वयले शिक्षकले समयको व्यवस्थापन गर्दै शिक्षण सिकाइलाई थप प्रभावकारी र जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभएको छ। 

शिक्षण सिकाइ प्रक्रियालाई बालमैत्री वातावरणमा सरल, सहज , समय सापेक्ष एवम् प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिनुभयो। 

विद्यार्थीको सिकाइमा कक्षा कोठाको व्यवस्थापनले महत्त्वपूर्ण भूमिका खेल्ने र त्यसमा कक्षा कोठाको उपयुक्त सजावट, बसाइको सही व्यवस्थापन, शैक्षिक सामग्रीको अधिकतम प्रयोग, शिक्षकको व्यवहारले प्रभाव पार्ने भन्दै त्यसमा ध्यान दिन अनुरोध गरिएको छ। 

शिक्षक अनिल खनाल, विजया न्यौपाने शैक्षिक सुधारका  लागि यस्ता कार्यक्रम आवश्यक भएकोमा जोड दिनुभयो।