• ८ वैशाख २०८१, शनिबार

नेविसंघको १२ औं महाधिवेशन आठ महिनाभित्र सम्पन्न गर्ने निर्णय

blog

मंगलबार पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा बसेको बैठकपछि नेपाली कांग्रेस निकट विद्यार्थी संगठनका नेता ।

काठमाडौं, चैत २१ गते। नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आठ महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको छ। 

नेपाली कांग्रेस निकट विद्यार्थी संगठनको मंगलबार पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा बसेको बैठकले उक्त निर्णय गरेको हो। 

बैठकमा नेविसंघका सभापति दुजाङ शेर्पा र नेविसंघ बृहत संघर्ष समितिका उज्जवल बज्राचार्य सहभागी हुनुहुन्थ्यो। 

यसैगरी, नेविसंघ केन्द्रीय तदर्थ कार्य समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति पनि जुटेको छ। 

जिल्लामा देखिएका समस्याका सन्दर्भमा पार्टीको नेतृत्व र पदाधिकारीबीच छलफल गरेर समस्याको समाधान गर्ने र आजबाट रिले अनशन स्थगन गर्ने सहमति जुटेको हो।