• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप सुरु

blog

फाइल तस्बिर ।

काठमाडौं, चैत २१ गते । वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ च्याम्पियनसिप मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगिताको पहिलो दिन महिला र पुरुषतर्फ ६ तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

चैत २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीका एक सय ४० खेलाडीको सहभागिता रहेको छ । सहभागी खेलाडीले पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ केजी तौल समूह र महिलातर्फ ५०, ५४, ५७, ६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक विधाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थान हात पार्ने खेलाडीले ७५ सय रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले उद्घाटन गर्नुभयो ।