• ८ वैशाख २०८१, शनिबार

टोट्टनहाम र एभर्टनको बराबरी

blog

एभर्टनविरुद्ध गोल प्रहार गर्दै हेरी केन । तस्बिर : एएफपी

काठमाडौं, चैत २१ गते । टोट्टनहाम र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । सोमबार राति भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । 

प्रतिस्पर्धात्मक खेलमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । खेलमा टोट्टनहामले सुरुवाती अग्रता बनाएपनि जोगाउन सकेन । टोट्टनहामका लागि हेरी केनले ६८औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको मनोबल उच्च बनाउनुभएको थियो ।

त्यसपछि एभर्टनले ९०औँ मिनेटमा बराबरी गोल फर्कायो । एभर्टनका माइकल किनले गोल गर्दै खेललाई बराबरीमा सक्नुभयो । यसअघि ५८औँ मिनेटमा एभर्टनका अब्दुलाए डोकुरेले रातो कार्ड पाउँदै बाहिरिएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो । 

यस्तै ८८औँ मिनेटमा लुकास मोउरा रातो कार्ड पाउँदै बाहिरिएपछि टोट्टनहामले पनि १० खेलाडीमा खेल सकेको थियो । बराबरीसँगै २९ खेलबाट ५० अङ्क बनाएको टोट्टनहाम चौथो स्थानमा छ ।

२७ अङ्क बनाएको एभर्टन १५औँ स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ७२ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६४ र तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडको पनि ५० अङ्क छ । एजेन्सी