• ११ वैशाख २०८१, मङ्गलबार

फिल्म 'ब्रह्मास्त्र'काे सिक्वेल बन्ने

blog

काठमाडौं, चैत २१ गते । फिल्म 'ब्रह्मास्त्र'को पहिलो भागका निर्देशक आयन मुखर्जीले फिल्मको दोस्रो र तेस्रो भाग बन्ने बताउनुभएको छ । फिल्मको दोस्रो भाग सन् २०२६ र तेस्रो भाग २०२७ मा रिलिज हुने उहाँले बताउनुभएको हो । 

फिल्मको घोषणा गर्दै निर्देशक मुखर्जी लेख्नुहुन्छ, "समय आएको छ, ब्रह्मास्त्र ट्रियोलजी, एस्ट्राभर्स, र मेरो जीवनबारे केही अपडेट गर्ने । भाग एकमा सबैको माया र प्रतिक्रियालाई आत्मसात् गरेपछि म भाग दुई र भाग तीनको लागि भिजन सिर्जना गर्नमा केन्द्रित छु । मलाई अहिले थाहा छ कि भाग एकभन्दा ठूलो र अधिक महत्त्वाकाङ्क्षी हुनेछ ।"

यस्तै, ब्रह्मास्त्रले विश्वव्यापी चर सय ३१ करोड भारु (५४ मिलियन अमेरिकी डलर) कमाइ गरेको थियो । यो फिल्म सन् २०२२ मा धेरै कमाउने हिन्दी फिल्म थियो ।