• १६ चैत २०८०, शुक्रबार

कत्थककी रानी

blog

सात वर्षीय सानी नानी रोक्सआना श्रेष्ठ सारै राम्रो नृत्य गर्छिन् । सबैलाई चकित पार्ने गरी नै नाच्छिन् । साधारण नृत्य नभएर उनी सबैलाई मोहित पार्ने शास्त्रीय कत्थकमा बढी नृत्य गर्छिन् । थानकोटको पश्चिम बिन्दु माविमा कक्षा २ मा अध्ययनरत रोक्सआना डान्स एकेडेमीमा पनि नियमित अभ्यास गरिरहेकी छिन् । 

सानै उमेरदेखि उनी कत्थक नृत्य गर्दै आएका कारण नृत्यबाट नै दर्शकलाई मोहित पार्ने गर्छिन् । कत्थक विश्वव्यापी रूपमै प्रसिद्ध शास्त्रीय नृत्य हो । त्यसैले अन्तर्राष्टियस्तरमा पनि कत्थकमा भाग लिने र प्रतिभा  देखाउने रहर लागेको रोक्सआनाले बताइन् । धेरै थकाइ लागेको बेला नृत्य ग-यो भने रमाइलो लाग्छ । नृत्य मेरो लागि औषधि हो

दैनिक दुई घण्टा कत्थकको अभ्यास गर्छिन् । ‘विद्यालयबाट फर्केपछि गृहकार्य सकेलगत्तै नृत्य सिक्न डान्स एकेडेमी जाने रोक्सआना नेपाल भाषाको नृत्य गर्न पनि उत्तिकै सिपालु हुनुहुन्छ । नृत्य र चित्रबाट आफ्नो नाम विश्वसामु चिनाउने उनको योजना छ ।