• १२ वैशाख २०८१, बुधबार

न्युक्यासलसँग हार्‍यो युनाइटेड

blog

बल खोस्ने प्रयास गर्दै न्युक्यासल र म्यानचेस्टर युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत २० गते । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडसँग हार खेपेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई २-० गोलले स्तब्ध बनायो ।

न्युक्यासलको जितमा जोसेफ विललक र कलुम विल्सनले गोल गर्नुभयो । दोस्रो हाफमा गोल सम्भव भएको खेलमा जोसेफले ६५औँ र विल्सनले ८८औँ मिनेटमा गोल गर्दै न्युक्यासललाई जिताउनुभएको हो ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको न्युक्यासलको २७ खेलबाट ५० अङ्क छ । पराजित युनाइटेड समान ५० अङ्कसहित गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

शीर्षस्थानमा रहेको आर्सनलको ७२ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६४ अङ्क छ । अर्को खेलमा वेस्ट हामले साउथह्याम्पटनलाई १-० गोलले हराएको छ । एजेन्सी