• १२ वैशाख २०८१, बुधबार

कबड्डी खेलाडी नगदसहित सम्मानित

blog

खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिँदै । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगञ्ज, चैत १९ गते । हालै इरानमा सम्पन्न विश्वकप जुनियर कबड्डी खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीका इसरार खाँलाइ नेपालगञ्जमा सम्मान गरिएको छ ।

खाँलाई खजुरा गाउँपालिकाले ५१ हजार रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । खाँलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक र प्रमुख प्रशासकीय कार्यकारी अधिकृत अर्जुन सुवेदी लगायतले सम्मान गर्नुभयो । 

पुरस्कृत भएपछि खाँले पालिकाले भविष्यमा पनि यस्तै सहयोग र समर्थन गरेमा राम्रो प्रदर्शन गर्ने बताउनुभयो ।