दोहामा हमाल

Rajesh-Hamal

दोहा(कतार) । ‘महानायक’ राजेश हमालसहित १७ जना कलाकारको टोली यहाँ नयाँ वर्षका अवसरमा आयोजित ‘नयाँ वर्ष धमाका साँझ’ मा सरिक भयो ।
बक्स अफ इभेन्ट कम्पनीको आयोजना तथा अलजमान एक्सचेन्ज र भिजन ग्रुपको प्रस्तुतिमा सम्पन्न कार्यक्रममा मिस नेपाल तथा नायिका माल्भिका सुब्बाको पनि सहभागिता थियो । सीमा सङ्ग्रौलाको गायनबाट सुरु भएको कार्यक्रममा हमाल र प्रियङ्का कार्कीको युगल नृत्य रोचक थियो । हमालले आफ्ना पुराना चलचित्रका संवाद बोलेर दर्शकलाई मनोरञ्जन दिनुभयो । त्यस्तै राजेशपायल राईले आधा दर्जन जति गीतले दर्शकलाई आफैसँगै नचाउन सफल हुनुभयो ।
नेपाली पोसाकमा सजिनुभएकी नायिका कार्कीको एकल नृत्य तारिफयोग्य थियो । ‘नेपालकी साकिरा’ इन्दिरा जोशीका गीतमा दर्शक सम्हालिनसमेत धौ धौ प¥यो । हास्य कलाकार विल्सन राई समसामयिकताप्रति प्रहार गर्दै सबैलाई हँसाउन सफल हुनुभयो । नायिका सुष्मा कार्कीको नृत्य पनि रोचक थियो ।
भोजपुरी तथा मैथिली नायिका डोली सरकार र सुनिता साहले दर्शकलाई साङ्गीतिकमय वातावरण मा सबैलाई डुबाउन सक्षम हुनुभयो । भोजपुरी, मैथिली र हिन्दी गायक आभास लाभले पनि दर्शकलाई मनोरञ्जन दिनुभयो ।
लोकदोहोरी गायिका चन्दा अर्याल र गायक मिलन लामा, नर्तकी रश्मि तामाङ, नृत्य निर्देशक शङ्कर बिसी नृत्यमार्फत कार्यक्रमको वातावरण नै उचाल्न सफल हुनुभयो । कार्यक्रममा झन्डै आठ हजार दर्शकको सहभागिता थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना