• ४ वैशाख २०८१, मङ्गलबार

पाठेघरको मुखमा हुने क्यान्सरको स्क्रिनिङ्ग

blog

पाठेघरको मुखमा हुने क्यान्सरको स्क्रिनिङ्ग गरिँदै ।

धर्बेन्द्र झा 

धनुषा, चैत १८ गते । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको स्वास्थ्य परीक्षण एक सय महिलामा गरिएको छ ।  

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० मा एक स्वास्थ्य शिविर सञ्चालन गरी ती महिलाको स्क्रिनिङ्ग जाँच गरिएको हो । 

उक्त शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नितु झा, डा. आरती अधिकारी र परिवार नियोजन सङ्घका राजकुमारी अधिकारीले जाँच गर्नुभएको थियो । 

स्वास्थ्य परीक्षण गरिएका केही महिलामा यसको सुरुवाती लक्षण देखिएको बताइएको छ । 

महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोग दिनानुदिन बढ्दै गएकाले जनचेतनासहित उपचार आवश्यक भएको वडा सचिव जमुना भुजेलले बताउनुभयो ।