संविधानसभा–संवाद समितिको चौथो प्रतिवेदन पेस

bhattarai baburam_bikash dwareकाठमाडौँ, मङ्सिर २४ गते । संविधानसभाको आजको बैठकमा संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले ५९ पटकसम्म बैठक बस्नुका साथै औपचारिक तथा अनौपचारिक प्रयत्नका बाबजुद पनि संविधानका अन्तरवस्तुमा निक्र्योल निकाल्न नसकी अपुरो प्रतिवेदन पेस गर्नुपर्दा आफूलाई ग्लानी भएको बताउनुभयो ।

सो समितिको चौथो प्रतिवेदन अध्यक्ष सुवास नेम्वाङसमक्ष पेस गर्दै सभापति भट्टराईले राज्यको पुनःसरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सहमतिका लागि अथक प्रयास गर्दा पनि तिनका अन्तरवस्तुका साथै त्यसका विधि र प्रक्रियामा पनि सहमति कायम भएन भन्नुभयो ।

संविधानसभा सार्वभौम निकाय भएकाले यही निकायमै छलफल भई निष्कर्ष निस्कने अपेक्षा गर्दै उहाँले तोकिएको समय आगामी माघ ८ मा संविधान बन्नुपर्ने, प्रमुख राजनीतिक शक्तिबीच सहमतिमै संविधान बन्नुपर्ने र संविधान अग्रगामी, परिवर्तनकारी हुनका लागि अन्तरवस्तुमा सहमति हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष नेम्वाङले आगामी बैठकमा सो प्रतिवेदनका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

संविधानसभाको अर्को बैठक यही मङ्सिर २९ गते ११ बजे बस्नेछ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना