राष्ट्रिय सहमतिका लागी संविधानसभा भंग गर्नुपर्छ —गुरुङ

Dev Gurungपोखरा,मंसिर २४ गते । नेकपा—माओबादीका सचिव देव गुरुङले राष्ट्रिय सहमतीका लागी संविधान सभा भंग गर्नुपर्ने बताउनु भएको छ । नेकपा—माओबादी कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले संविधान सभा मार्फत जनताको संविधान बन्न नसक्ने भन्दै भंग गर्न माग गर्नुभयो ।‘ संविधान सभाबाट संविधान बन्ने अवस्था छैन् । त्यसैले बृहत्तर राष्टिय सहमती निर्माण गरेर संविधान जारी गर्नुपर्छ ।’ उहाँले राष्ट्रिय सहमती नभएसम्म नेपाली जनताले अपेक्षा गरे अनुरुपको संविधान बन्नै नसक्ने बताउदै संविधान निर्माणगर्ने अधिकार नेपाली जनता र नेताको हातमा नरहेकाले समस्या देखिएको दावी गर्नुभयो । दुई तिहाईको नाममा संविधान जारी गर्ने षडयन्त्र भएको बताउदै त्यसो गरिए संकट निम्तिने चेतावनी दिनुभयो । ‘संविधान सभाबाट संविधान बन्नेवाला छैन्, घटना क्रमले पुष्टि गरेको छ ।’ उहाँले भन्नुभयो संविधान बनेपनि विदेशीको इशारामा बन्ने पक्का छ ।

राष्टिय सहमती जुटाउन सडक आन्दोलनबाटै दबाब दिनुपर्ने उहाँको भनाई थियो । ‘राष्टिय सावभौम सत्ता जोगाउन आन्दोलनमा जानुको विकल्प छैन् ।’ उहाँले सत्ता साझेदार दलहरु संसदीय प्रणालीमा रमाउदा समस्या आएको बताउनुभयो । फरक प्रसगंमा हालै पाटीबाट सम्वन्ध विच्छेद गर्नुभका नेत्रबिक्रम चन्दले सत्ता लिप्साका लागी पार्टी छाडेको आरोप लगाउनुभयो । ‘केही हतियार पड्काएर वार्ता मार्फत राजनीतिक बार्गेनिङ गर्ने दाउमा चन्दले पाटी छाडेका हुन् ।’ उहाँले भन्नुभयो

कम्युनिष्टहरु टुटफुटको राजनीतिले गर्दा मुलुकमा संकटमा फसेको भन्दै संकट मोचन गर्न कम्यूनिष्टहरु विच एकता अनिवाय रहेको उहाँले औल्याउनुभयो ।‘कम्युनिष्टहरु एकिकृत भएर मुलुकको अभिभारा पुरा गर्ने जिम्मेवारी आएको छ । ’ उहाँले भन्नुभयो कम्युनिष्टहरु जुटनुको विकल्प छैन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना