• १५ चैत २०८०, बिहिबार

घट्दै बालविवाह

blog

कालीकोट समाचारदाता

कालीकोट, चैत १६ गते । कालीकोटमा बालविवाहमा कमी आएको छ। लगातारको सचेतीकरण कार्यक्रमले तीन वर्षयता बालविवाहमा कमी आएको दाबी गरिएको छ।

तथ्याङ्कले कालीकोटमा बालविवाहको दर ओरालो लागेको पाइएको छ। वि.सं. २०७६ मा जिल्लामा ६७ प्रतिशत रहेको बालविवाह तीन वर्षयता २०७९ सम्म आइपुग्दा घटेर ५० प्रतिशतमा झरेको छ। बालविवाह न्यूनीकरणका लागि काम गरिरहेको प्लान इन्टरनेसनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालले तीन वर्षको छुट्टाछुट्टै गरेको सर्वेक्षणमा बालविवाह घटेको पाइएको हो। हुरेन्डेक नेपालको नेतृत्व र निर्णय कार्यक्रमका अधिकृत डम्बर बोहराले स्थानीय तह र आफ्नो कार्यक्षेत्र रहेका जिल्लाका तीनवटा स्थानीय तहमा गरेको सर्भेअनुसार बालविवाहको दर घटेको दाबी गर्नुभयो। तीन वर्षको अवधिमा जिल्लाको रास्कोट नगरपालिकामा ६७ प्रतिशत वालविवाह घटेर ५१ प्रतिशतमा पुगेको छ। नरहरिनाथ गाउँपालिकाको ७४ प्रतिशतबाट घटेर ५२ प्रतिशतमा झरेको छ। यस्तै सान्नीत्रिवेणी गाउँपालिकामा भने केही उतारचढाव आएको छ। २०७६ सालमा ५८ प्रतिशत रहेको बालविवाह एक वर्षपछि २०७७ सालमा घट्नुको सट्टा बढेर ७० प्रतिशतमा पुगेको र फेरि २०७८ सालको पुससम्मको तथ्याङ्कमा घटेर ४८ प्रतिशतमा झरेको देखिएको छ।