साइप्रसमा एमआरपी बनाउन घुम्ति सेवा

passport

करुण अर्याल

(निकोसिया) साइप्रस । नेपालीबाहक हस्तलिखित राहदानीलाई प्रतिस्थापन गर्ने उदेश्यसहित इजरायलस्थित नेपाली राजदुतावासले साइप्रसमा मेशिन रिडेवल पासपोर्ट (एमआरपी) बनाउनका लागि बैशाख ६ र ७ दुई दिने घुम्ति सेवा सञ्चालन गरेको छ ।

आइकाओको प्रावधान अनुसार नेपालले सन २०१५ नोभेम्वर २५ सम्म हस्तलिखित राहदानीलाई एमआरपीमा परिवर्तन गरिसक्नु पर्नेछ ।

 साइप्रस पनि हेर्दै आएको नेपाली राजदुतावासले,साइप्रसस्थित अवैतनिक वाणिज्य दुतावास, एनआरएन साइप्रस र  स्थानिय नेपालीको सहयोग र सहकार्यमा साइप्रसको राजधानी निकोसिया र लिमासोलमा  एमआरपीका लागि आवदेन सँकलन गरेको हो । राजदुतावासबाट उपनियोग प्रमुख खडग प्रसाद दाहाल र द्धितीय सचिव रोशन खनालको टोली साइप्रस पुगेको थियो ।

दुई दिनको अवधिमा ७३ वटा आवेदन सँकलन भएको उपनियोग प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँले मे ३ र ४ मा प्ुन घुम्ति सेवा दिने भएकाले साइप्रसमा रहेका सबै नेपालीलाई समयमै राहदानी बनाउन अनुरोध पनि गर्नुभयो ।

साइप्रसमा घरेलु कामदार र विद्यार्थी गरी करिब तीन हजार नेपाली रहेको निकोसियास्थित अवैतनिक वाणिज्य दुतावासले जनाएको छ । अवैतनिकवाणिज्यदुत डा.रामजीवन पञ्जियारले पर्याप्त जनशक्ति र भौतिक पुर्वाधार विना पनि वाणिज्य दुतावासले उल्लेखीय काम गरिहेको बताउदै जनशतिm र भौतिक पुर्वाधारको व्यवस्थापनका लागि नेपाल सरकारले यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना