• १६ चैत २०८०, शुक्रबार

'मिस लिम्बू'को उपाधि भिनुमालाई

blog

काठमाडौं, चैत १३ गते । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जित्नुभएको छ । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौँ ‘मिस लिम्बू’ को उपाधि जित्नुभएको हो ।

भिनुमाले एक लाख रुपियाँ नगद र हङकङ भ्रमणको अवसर प्राप्त गर्नुभएको छ । ग्राण्ड फिनालेमा अभिनेता सुनिल थापालगायत अतिथिले विजयीहरूलाई पुरस्कार र उपाधि प्रदान गर्नुभएको हो ।

याक्थुङ यूथ एसोसिएसन (वाईवाईए) द्वारा आयोजित ‘मिस लिम्बू–२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू र फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअफ हुनुभएको छ । विजेता तीनै जनालाई ताज र नगद पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा पूर्वमिस नेपाल माल्भिका सुब्बा, इभाना मानन्धर, वरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा. बेन सुब्बा, पुर्वमिस लिम्बू मेरिना पोमु लिम्बूलगायत निर्णायकको उपस्थिति थियो । प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटल अवार्डसमेत प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बू, गायक कन्चन थलङलगायतले गीतसङ्गीत प्रस्तुत गरेका थिए ।