• ८ वैशाख २०८१, शनिबार

राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान

blog

काठमाडौं, चैत १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) आफ्नो पदाधिकारी बैठक बोलाएको छ । आज  दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ । साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ । रासस