• ७ वैशाख २०८१, शुक्रबार

नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए

blog

बेवारिसे अवस्थामा फेला परेको बम । तस्बिरः गोरखापत्र

होमराज रानाभाट 

बिनयीत्रिबेणी, चैत १३ गते । पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा आज (शनिबार) बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको हो ।

बारीमा गाडिएको अवस्थामा बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले खेल्ने क्रममा बम देखेपछि खबर गरेको र हेर्न जाँदा वन भेटिएको सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुकाले बताउनुभयो ।

शक्तिशाली मानिने यो बम विस्फोटन हुँदा ठुलो सङ्ख्यामा क्षति पुग्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले इलाका प्रहरी कार्यालय दुम्कीवास का प्रहरी निरीक्षकको टोली त्यस ठाउँमा पठाएको र ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भई नसकेको बताउनुभयो ।