• ८ वैशाख २०८१, शनिबार

शाहीको ‘समय सकस’

blog

हुम्ला समाचारदाता

हुम्ला, चैत १३ गते । साहित्यकार वसन्ती शाही सिंहद्वारा लिखित ‘समय सकस’ पुस्तक आइतबार एक समारोहबीच सुर्खेतमा लोर्कापण गरिएको छ ।

यस गैरआख्यान पुस्तकमा साहित्यकार शाहीले २०७६ साल चैत ११ गतेबाट सुरु भएको कोरोना सङ्क्रमणका कारण देशभर लागू भएको बन्दाबन्दीको अवस्थालाई चित्रण गर्नुभएको छ । समय सकसमा कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि चालेको कदम र प्रतिपक्ष दलबाट निभाएको भूमिकालाई पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ । कर्णाली प्रदेश सभामा विपक्षी दलका नेता जीवनबहादुुर शाही, लोकसेवा आयोग कर्णाली प्रदेशका सदस्य भक्तबहादुर खड्का, डा. महेन्द्र मल्ल, डा. नवराज केसी, देवकी तिमिल्सिनालगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको थियो । कार्यक्रममा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शाहीले लेखकले कोरोना अवधिमा भएका वास्तविक घटनालाई सटिक रूपमा पुस्तकमा उतारेको बताउनुभयो । 

लेखक शाही लोकसेवा आयोग कर्णाली प्रदेशको सदस्यसमेत हुनुहुन्छ । यसअघि शाहीको ‘कर्णालीकी बुहारी’ नामक निबन्धसङ्ग्रह पनि प्रकाशित छ । फिनिस बुक्सले प्रकाशन गरेको पुस्तक ४०२ पृष्ठको रहेको छ ।