• ६ वैशाख २०८१, बिहिबार

इनरुवामा शिक्षक र प्राध्यापकलाई सम्मान

blog

हिन्दु स्वय्म सेवक संघ नेपालले सुनसरीको इनरुवामा सम्मान गर्दै । तस्विरः जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, चैत १२ गते । हिन्दु स्वयंसेवक सङ्घ नेपालले बौद्धिक वर्गका शिक्षक र प्राध्यापकलाई सम्मान गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा योगदान गर्नेहरूलाई सम्मान गरेको सङ्घले जनाएको छ ।

सङ्घले आफ्नो कार्यक्रमको समीक्षा एवं सम्मान कार्यक्रममार्फत प्राध्यापक ईश्वर पण्डित, मनोजकुमार यादव, सुकदेव मेहता, तेजनारायण साह, दशरथ दाससहितकालाई सम्मान गरेको सङ्घका श्रवणकुमार यादवले जानकारी दिनुभयो । 

निर्माण व्यवसाय सङ्घ, इनरुवामा सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् इनरुवा नगरपालिकाका उपप्रमुख विनीताकुमारी मेहताले माला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । 

सोही कार्यक्रममा विद्यार्थीहरूलाई प्रोत्साहन गर्न सम्मान गरेको आयोजक हिन्दु स्वयंसेवक सङ्घका राजकुमार मेहताले जानकारी दिनुभयो ।