• १२ वैशाख २०८१, बुधबार

सुन गिद्ध, कस्तुरीको संरक्षण गर्न जङ्गलमा क्यामेरा जडान गरिँदै

blog

सांकेतिक तस्बिर

सहदेव बस्नेत

जाजरकोट, चैत १२ गते । विश्वकै दुर्लभ वन्यजन्तु सुन गिद्ध, कस्तुरी लगायतका बन्यजन्तुहरु संरक्षण गर्न जङ्गलमा क्यामरा जडान गरिने भएको छ । बारेकोट गाउँपालिका भित्रका सामुदायिक जङ्गलमा क्यामेरा जडान गरिने भएको हो ।

बारेकोटका जङ्गलमा चोरी सिकारी हुने क्रम बढेकोले रोकथामका लागि गर्न डाँफे युवा क्लबद्वारा सञ्चालित रेडपाण्डा नेटवर्क र बारेकोट गाउँपालिकाको साझेदारीमा १२ वटा क्यामेरा जडान गर्न लागिएको हो । यस क्षेत्रमा विश्वमै दुर्लभ मानिएका सुन गिद्ध, कस्तुरी, रेडपाण्डा, चिर कालिज  लगायतका बन्यजन्तुहरु पाइने रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक भूपलाल केसीले जानकारी दिनुभयो ।