• १६ चैत २०८०, शुक्रबार

गीत

blog

तिमीले त भनेकै हो 

एउटा दूरी कायम गरौँ 

हाम्रो मिलन सम्भव छैन 

सकेसम्म परै बसौँ 


मलाई लाग्थ्यो मेरो माया 

पक्कै त्यति कमजोर छैन 

शब्दकोशमा कतै पनि 

असम्भव शब्द  छैन 

तिमी भन्थ्यौ सबै छोडौँ 

यथार्थमा  बिश्वास गरौँ 

हाम्रो मिलन सम्भव छैन 

सकेसम्म परै  बसौँ 

तिम्रो भनाइ ठीक थियो 

मेरो सोचाइ झुटो भयो 

हेर्दाहेर्दै  मेरो  नाम 

तिम्रा लागि  विष भयो 

हल्लाउँदै  हात  भन्यौ 

नयाँ यात्रा  सुरु  गरौँ 

हाम्रो मिलन सम्भव छैन 

सकेसम्म  परै  बसौँ । 

सानेपा, ललितपुर