• ७ वैशाख २०८१, शुक्रबार

कांग्रेसको सुझावः ‘बहुमत गुमाएपछि राजिनामा दिनू’

blog

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलगायत । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, चैत ११ गते । नेपाली कांग्रेसले नेकपा (एमाले) को नेतृत्वमा रहेको गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको छ । आज पत्रकार सम्मेलन गरी कांग्रेसले सरकारलाई राजिनामा दिन आग्रह गरेको हो । 

 माओवादीले सरकारलाई गरेको समर्थन हिजो फिर्ता लिएसँगै गण्डकी सरकार अल्पमतमा परेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको यो अवस्थामा सरकारबाट राजिनामा दिई जतिसक्दो छिटो मार्गप्रशस्त गर्दा प्रदेशको हित हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘कामचलाउ सरकारले दूरगामी असर पर्ने निर्णय नगर्न र अनावश्यक दायित्व सिर्जना भए उक्त दायित्व नयाँ सरकारले लिने छैन ।’’ दलका नेता पाण्डले काम चलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी सरुवा–बढुवा, नियुक्तिलगायतको काम गर्नु न्याय संगत नमानिने बताउनुभयो । 

शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । माओवादीले समर्थन छोडेपछि प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले बहुमत गुमाएको छ ।