• ८ वैशाख २०८१, शनिबार

लाओससँग भुटान पराजित

blog

लाओस टोली ।

काठमाडौं, चैत ११ गते । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसले भुटानलाई पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हरायो ।

आलोसको जितमा दुवै गोल बोन्पाचान बोन्कोङले गर्नुभयो । उहाँले खेल सुरुभएको तेस्रो र ७१औं मिनेटमा गोल गर्नुभएको हो । भुटानका चेन्चो ग्याल्सेनले ३४औं मिनेटमा गोल फर्काउनुभयो । जितसँगै तीन अंक बनाएको लाओसले फाइनल पुग्ने सम्भावना बढाएको छ ।

लाओस पहिलो खेलमा नेपालसँग नेपालसँग २–० गोलले पराजित भएको थियो । यता भुटानले पहिलो खेलमा हार खेपेको छ । भुटानले अब मंगलबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको पनि तीन अंक छ । 

सिङ्गल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगितामा लिगको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले ५ हजार  र दोस्रो हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।फाइनल खेल शुक्रबार हुनेछ ।