• १३ वैशाख २०८१, बिहिबार

मोरङ भोजपुर गोल्डकपको सेमिफाइनलमा

blog

शनिबारको खेलमा प्रतिस्पर्धा गर्दै मोरङ र युके एफसीका खेलाडी । तस्बिर : गोरखापत्र

गोकुल भुजेल

भोजपुर, चैत्र ११ गते । डागींहाट यूथ क्लब, मोरङ छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोजपुरको सदरमुकाममा जारी प्रतियोगितामा शनिबार मोरङले युके एफसी भारतलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा पुगेर सकिएको थियो । 

ट्राइबे्रकरमा डागींहाट यूथ क्लबका लागि विवेक राई, प्रवीण राई, धिरेन विष्ट र सन याख्याले गोल गर्नुभयो । युकेएफसि भारतका पेमा लामा, तुसार विश्वकर्मा र साहिल राईले मात्र गोल गर्न सक्नुभयो । मोरङका गोलरक्षक चरी लिम्बु म्यान अफ दी म्याच हुनुभयो ।